देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

साँगाको जाममा ७ सवारीसाधन ठोक्किए, दुई जना घाइते

0

काठमाडौं – अरनिको राजमार्गअन्तर्गत काभ्रेको साँगामा सातवटा सवारीसाधन एक अर्कासँग ठोक्किएका छन् ।

जाममा परेको समयमा पछाडिबाट आएको ट्याङ्करले ठक्कर दिंदा पाँच वटा गाडी र दुई मोटरसाइकल एक अर्कासँग ठोक्किएका हुन् ।

ट्याङ्करको ठक्करले जाममा रहेको ट्रक, कार, ढुवानीमा प्रयोग हुने पिकअप गाडी र मोटरसाइकल एकअर्कासँग ठोक्किएका थिए ।

दुर्घटनामा दुई जना घाइते भएका छन्। बा६३प ७ नम्बरको मोटरसाइकल चालक ४८ वर्षीय प्रकाश सापकोटा र बाप्र०२-०४४ प ०५७३ नम्बारको स्कुटी चालक १८ वर्षीय देविना कर्माचार्य घाइते भएका हुन्।

घाइतेहरूलाई उपचारको लागि अस्पताल पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले जनाएको छ 

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार