देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सांसद एकनाथ ढकाललाई अमेरिकाबाट शान्ति अध्ययनमा स्नातकोत्तरको उपाधी

0

काठमाडौं – प्रतिनिधि सभा सदस्य एकनाथ ढकाल सयुक्त राज्य अमेरिकाको न्यू योर्क स्थित “एचजे इन्टरनेशनल ग्रेजुएट स्कूल फर पिस एण्ड पब्लिक लिडरशिप” वाट स्नातकोत्तर उपाधि हासिल गरेका छन्।

न्यू योर्कमा आयोजित ४८औ दीक्षान्त समारोहमा कलेजका अध्यक्ष डा. थोमस जेराल्ड वाल्सले सांसद ढकाललाई “मास्टर इन पिस स्टडीज” को प्रमाणपत्र प्रदान गरेका छन्।

ढकालले विशिष्ट श्रेणीमा उत्तीर्ण गरेका हुन्। सन् २०२१ मा कलेजमा भर्ना भएका सांसद ढकालले दूर शिक्षा बिषयमा विशिष्ट श्रेणीमा उत्तीर्ण गरेका हुन् ।

दीक्षान्त समारोहमा पूर्व अमेरिकी कुटनीतिज्ञ जोसेफ आर डेट्रानी लाइ मानार्थ बिद्धाबरिधि प्रदान गरिएको थियो। राजदूत डेट्रानी उत्तर कोरियासँग छ-पक्षीय वार्ताका लागि अमेरिकी विशेष दूत थिए।

राजदूत देत्रानीले दुई दशकभन्दा बढी समय सेन्ट्रल इन्टेलिजेन्स एजेन्सीमा वरिष्ठ गुप्तचर सेवाको सदस्यको रूपमा सेवा गरे।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार