देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सांसद ढकालद्वारा थाई रक्षा मन्त्रि सुतिन क्लूंगसाङ्ग संग शिष्टाचार भेट

0

काठमाडौं – मित्र राष्ट्र थाईल्यान्डको ३ दिने मैत्रीपूर्ण भ्रमणमा रहेका संघिय सांसद एकनाथ ढकालद्वारा थाईल्यान्डका रक्षा मन्त्रि सुतिन क्लूंगसाङ्ग संग शिष्टाचार भेट गरेका छन्।

थाईल्याण्डको रक्षा मन्त्रालयमा भएको भेटमा दुइ पक्षीय हित तथा क्षेत्रीय शान्ति र सुरक्षाको बारे कुराकानी भएको पूर्व मन्त्रि ढकालको सचिबलायले जनाएको छ।

थाई रक्षा मन्त्रि सुतिन क्लूंगसाङ्ग भेट्न सांसद ढकाल धर्मपत्नी ब्लेसि गाडन संगै रक्षा मन्त्रालय पुगेका थिए।

ढकाल नेपाल परिवार दलका केन्द्रिय अध्यक्ष तथा प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुन।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार