देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सांसद शान्ता चौधरी र अभिनेत्री करिश्मा कक्षा १२ पास

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – नेकपा एमालेकी सचेतक एवं सांसद शान्ता चौधरीले कक्षा १२ मा उत्तीर्ण भएकी छन्। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा प्रकाशन गरेको थियो।

उनका स्वकीय सचिव सन्तोष दहितले शान्ता चौधरी उत्तीर्ण भएको जानकारी दिएका छन्। गत असोज ८ गतेदेखि भएको कक्षा १२ को परीक्षामा उनले नयाँ बानेश्वरको रत्न राज्यलक्ष्मी उच्च माविको होम सेन्टरबाट परीक्षा दिएकी थिइन् ।

नायिका करिश्मा मानन्धर स्कुल ड्रेसमै परीक्षा केन्द्रमा

यसैगरी अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ पास गरेकी छन् । उनले २.४१ जिपिए ल्याएर पास गरेकी हुन्  ।  उनले दुई विषयमा ए प्लस जीपीए ल्याएकी छन् ।

पास भएपछि करिश्माले खुसी हुँदै अब स्नातक पढ्ने बताएकी छन् । उनले समाजशास्त्र वा ग्रामीण विकास मुल विषय लिएर पढ्ने योजना रहेको बताएकी छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार