देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सांसद साहमाथि भएको आक्रमणबारे छानबिन गर्छौं – गृहमन्त्री खाण

0

काठमाडौं – गृहमन्त्री वालकृष्ण खाणले सर्लाहीमा प्रमोद साहमाथि भएको आक्रमणबारे सरकारले छानबिन गर्ने बताएका छन्।

शनिबार बिहान भएको आक्रमणमा घाइते भई ललितपुरस्थित मेडिसीटी अस्पतालमा उपचाररत साहलाई भेट्दै गृहमन्त्री खाणले घटनाको छानबिन गरी दोषीउपर कारबाही गरिने बताएका हुन्।

‘माननीय प्रमोद साहमाथि भएको आक्रमण घटनामाथि छानबिन हुन्छ,’ गृहमन्त्री खाणले भने, ‘घटनाबारे छानबिनका लागि सुरक्षा निकायलाई निर्देशन भइसकेको छ। छानबिनमा दोषी देखिएकामाथि कारबाही हुन्छ।’ गृहमन्त्री खाणले सांसद साहको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।

जनता समाजवादी पार्टीका प्रमुख सचेतकसमेत रहेका साह पार्टी कामको सिलसिलामा गृह जिल्ला सर्लाहीको ईश्वरापुर नगरपालिका ६ पुरानो नगरपालिका चोकमा पुग्दा शनिबार बिहान आक्रमण भएको हो। आक्रमणबाट उनको टाउकामा गहिरो चोट लागेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार