देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

साइप्रसमा भेटियाे काेराेनाकाे नयाँ भेरियन्ट, डेल्टाक्राेन

0

एजेन्सी – भाइरसका विभिन्न भेरियन्ट देखिने क्रममा युरोपियन मुलुक साइप्रसमा कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लागेको छ । कोरोनाको नयाँ भेरियन्टलाई वैज्ञानिकहरूले ‘डेल्टाक्रोन’ नाम दिएका छन् ।

वैज्ञानिकहरूका अनुसार डेल्टा र ओमिक्रोन भेरियन्ट मिलेर बनेको हुनाले यसको नाम ‘डेल्टाक्रोन राखिएको हो । साइप्रसमा  २५ जनामा डेल्टाक्रोन भेरियन्ट पुष्टि भइसकेको छ । जसमध्ये ११ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

भाइरसका विभिन्न भेरियन्ट देखिने क्रममा गत नोभेम्बरमा दक्षिण अफ्रिकामा ओमिक्रोन भेरियन्ट देखिएको थियो ।

साइप्रसका स्वास्थ्यमन्त्री माइकल हाडजिपन्टेलाले यस भेरियन्टको बारेमा यस साता पत्रकार सम्मेलन गरी बताउने जनाएका छन् ।

नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’को बारेमा वैज्ञानिकहरूले अनुसन्धान गरिरहेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार