देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

साउदीले आयोजना गर्ने जी–ट्वान्टी सम्मेलन बहिष्कार गर्न अपिल

0

काठमाडौं – विश्वभरका मानव अधिकारकर्मीहरुले साउदी अरेबियाले आयोजना गर्न लागेको ठूला अर्थ व्यवस्था भएका २० राष्ट्रको जी–ट्वान्टी सम्मेलन बहिष्कार गर्न अपिल गरेका छन् ।

साउदीमा मानव अधिकारको चरम उल्लंघन हुने गरेको भन्दै उनीहरुले यस्तो आग्रह गरेको बताएका छन् । अनलाइन माध्यमबाट हुने भनिएको सम्मेलनको बहिष्कारले साउदी सरकारलाई मानव अधिकार पालनाका विषयमा थप दबाब दिन सकिने उनीहरुको भनाई छ ।

विशेषत: महिलामाथि हुने हिंसा, त्यहाँ कार्यरत महिला अधिकारकर्मीको गिरफतारी लगायत विषयलाई उनीहरुले प्रमुख मुद्दा बनाएका छन् । जी–ट्वान्टी आबद्ध मुलुकहरुले भने यस विषयमा कुनै प्रतिक्रिया नजनाएको बीबीसीले उल्लेख गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार