देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

साउदी अरेबियामा अलपत्र परेका ८०९ नेपाली स्वदेश फिर्ता, १२० नेपालीको शव उतै अलपत्र

0

(साउदी) – कोरोना महामारीका कारण साउदी अरेबियामा अलपत्र परेका ८०९नेपाली स्वदेश फिर्ता भएका छन । हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सको चार्टर उडानबाट उनिहरु स्वदेश फिर्ता भएका हुन छन् ।

नेपाली राजदूतावासका अनुसार स्वदेश फिर्ताको लागि अनलाइन फारम तथा टेलिफोन सम्पर्क गरी २० हजार भन्दा बढीले फारम भरेका छन् भने स्वदेश फिर्ताका लागि दूतावास रियाद र वाणिज्य दूतावास जेद्धाले तत्कालका लागि २८७४ जनाको  नामावली सार्वजिनिक गरेको छ ।

साउदी सरकारले अकामा नविकरणन गरेका ७४  जना  नेपालीका लागि बहिगर्मन भिषा समेत जारी गरेको छ ।  जसका  कारण उनीहरू चाडै  स्वदेश फिर्ता  हुने भएका छन् ।  कामको शिलशिलामा  मृत्यु भएका  १२०  जना  नेपालीको  शव  साउदी अरेबियामा छ र जसका लागि दूतावासले सम्बन्धित निकायलाई जानकारी गराए पनि  कोरोनाको समस्याका कारण गर्दा शवहरु अस्तब्यस्त भएका छन् ।

पछिल्लो पटक सरकारले निर्धारण गरेको  साउदीको रियाद रजेद्धा शहरबाट  एकतर्फी हवाई टिकटको मूल्य करिब नेपाली ६८ हजार रुयैयाँ रहेको छ । सरकारले निर्धारण गरेको हवाई टिककको मूल्य नलिन र वैदेशिक रोजगार कल्याणकारी कोषको रकम खर्च गरी स्वदेश फर्काउन सर्वोच्च आदेश आदेश दिए पनि त्यो कार्यान्वयन भएन । कोरोनाको त्रास सँगै अलपत्र परेरका बेला महंगो टिकटको शुल्क  र उडानको समयमा चाहिने कोरोना टेस्ट रिपोटको लागि करिब ६ हजार नेपाली रुयैयाँ तिर्नुपर्ने बाध्यता का कारण उनीहरु चिन्तित थिए ।

साउदीअरेबियाले कोरोनाको असर संगै २१ जुन देखी पूर्ण रूपमा  कर्फ्यु  हटाएको छ तर  माक्स अनिबार्य रुपमा लगाउने ,सामाजिक दूरी कायम राख्ने र ५०  जना भन्दा  बढि भीडभाड गर्न नपाइने, जस्ता नियम लागु गरेको छ भने अन्तराष्ट्रिय उडानका लागि सरकारले  कुनै निर्णय लिएको छैन । घर बिदामा गएका कामदार कोरोना महामारी समाप्त नहुन्जेलसम्म साउदी फर्कन नपाउने निर्णय गरेको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार