देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

साझा र विवेकशीलबीच बुधबार एकता घोषणा हुँदै

0

काठमाण्डौं – साझा पार्टी र विवेकशील नेपाल दलबीच बुधबार एकता घोषणा हुने भएको छ। झण्डै दुई वर्षअघि फुटेर बनेका यी दुई पार्टीलाई पुनः एकीकरण गर्न नेताहरु लामो समयदेखि निरन्तर वार्तामा थिए। अन्ततः एकीकृत पार्टीको नामा विवेकशील साझा रहने गरी पुस २४ गते एकताको घोषणा गर्ने भएका हुन्।

एकीकृत पार्टीको अध्यक्षमा साझाका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डे संयोजक रहने गरी दुई पार्टीको पुनः एकीकरण हुन लागेको हो। एकीकरणबारे वार्ता प्रक्रियामा सहभागी एक नेताका अनुसार एकीकृत पार्टीको कार्यसमितिमा दुवै तर्फका ६५–६५ जना गरी १३० जना सदस्य रहनेछन्।

त्यसैगरी १२ देखि १४ जनासम्मको कार्यसमितिमा पनि दुवै तर्फका बराबर सदस्य रहनेछन्। ती नेताका अनुसार बुधबार एकता घोषणा अनलाइन कार्यक्रमबाटै गरिनेछ। पहिले अलग अलग स्थापित यि दुई पार्टी जुटेर फुटेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार