देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सातदोबाटोस्थित पौडी पोखरीमा एक युवकको डुबेर मृत्यु

0

काठमाडौँ – ललितपुरको सातदोबाटोस्थित पौडी पोखरीमा पौडी खेल्न गएका युवकको डुबेर मृत्यु भएको छ ।

राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरीमा पौडी खेल्ने क्रममा अचेत भएका २३ वर्षीय उज्ज्वल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले जानकारी दिए । 

पौडी पोखरीमा डुबेर बेहोस भएपछि उनलाई उपचारको लागी बी एण्ड बि अस्पतालमा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो ।

ललितपुरको महांकाल गाउँपालिका–३ का स्थानीय बासिन्दा श्रेष्ठ ललितपुर स्थित बाफलमा बस्दै आएका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार