देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सातवटै प्रदेशमा उपभोक्ता अदालत गठन गर्न सर्वोच्चको आदेश

0

काठमाडौं – सर्वोच्च अदालतले सातवटै प्रदेशमा उपभोक्ता अदालत गठन गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीशहरु बमकुमार श्रेष्ठ र नहकुल सुवेदीको इजलासले आइतबार उपभोक्ता हित संरक्षण ऐन २०७५ अनुसार उपभोक्ता अदालत गठन गर्न आदेश दिएको हो ।

ऐनमा भएको व्यवस्था अनुसार सरकारले अदालत गठन नगरेको भन्दै उपभोक्ता हित संरक्षण मञ्चले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएको थियो ।

न्यायपरिषदको सिफारिसमा सरकारले तोकेको जिल्ला न्यायाधीश अध्यक्ष र दुईजना सदस्य हुने उपभोक्ता अदालतमा एकजना सदस्य न्यायसेवाका उपसचिव स्तरका कर्मचारी र अर्का उपसचिवस्तरका सरकारले तोकेका कर्मचारी हुने ऐनमा व्यवस्था छ ।

जिल्ला अदालत सरहको उपभोक्ता अदालतले उपभोक्ताको हकहित विरुद्धका क्रियाकलापको आरोपमा परेको मुद्दाको प्रारम्भिक सुनुवाइ र फैसला गर्नेछ । यो अदालतको फैसला विरुद्ध उच्च अदालतमा पुनरावेदन भने लाग्छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार