देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

साताको पहिलो दिन नेप्से दोहोरो अंकले घट्यो

0

काठमाडौं – सेयर कारोबार हुने साताको पहिलो दिन आइतबार धितोपत्र बजार दोहोरो अंकले ओरालो लागेको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ९० अंक बढेको नेप्से आइतबार साढे २१ अंक घटेर बन्द भएको छ ।

आइतबार नेप्से परिसूचक २१ दशमलव ५८ अंक घटेर २४८४ दशमलव ०९ बिन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स १ दशमलव ७८ अंक, फ्लोट इण्डेक्स १ दशमलव ३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंक घटेको छ ।

आइतबार बजारमा २११ कम्पनीको ५३ हजार ९७० पटकको कारोबारमा ५ अर्ब ५४ लाख ६६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । पछिल्ला दिनमा कुल कारोबार रकममा भारी गिरावट देखिएको छ ।

बजार ओरालो लागेपनि तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज चन्द्रगिरी हिल्स, नेपाल हाइड्रो डेभलोपर्स र रैराङ हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

नेप्सेमा आज कारोबारमा आएका १३ उपसमूह मध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ । होटल तथा पर्यटनको २.२९ प्रतशित बढेको छ भने जलविद्युत उपसमूहको ०.९२ प्रतिशत बढेको छ ।

कारोबार रकमका आधारमा यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको यस दिन ४२ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार