देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सात दलले ‘थ्रेस होल्ड’ कटाउँदा राष्ट्रिय पार्टी बन्न सकेन नेकपा एकीकृत समाजवादी

0

काठमाडौं – मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातीक मत परिणाम अनुसार सात राजनीतिक दल राष्ट्रिय पार्टी बनेका छन् ।

मत परिणाम अनुसार तीन प्रतिशत मत कटाउने सात दलले मात्र आयोगले निर्धारण गरेको थ्रेस होल्ड कटाएका हुन् । आयोगका अनुसार थ्रेस होल्ड काट्न ३ लाख १६ हजार ८०२ मत चाहिन्छ ।

जस अन्तर्गत नेकपा एमालेले २८ लाख ४५ हजार ६४१ मत ल्याएर समानुपातिकमा पहिलो पार्टी बनेको छ। दोस्रो नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५ मत ल्याएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ मत पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८४९ मत पाएको छ । जनता समाजवादी पार्टी नेपालले ४ लाख २१ हजार ३१३ मत पाएको छ । जनमत पार्टीले ३ लाख ९४ हजार ६५५ मतसहित थ्रेस होल्ड कटाएको छ।

नेकपा एकीकृत समाजवादी भने राष्ट्रिय दल बन्नबाट बञ्चित भएको छ । एकीकृत समाजवादीले २ लाख ९८ हजार ३९१ मत प्राप्त गरेको कारण निर्वाचन आयोगले तोकेको थ्रेस होल्ड कटाउन १८ हजार ४११ मत पुर्‍याउन सकेन ।

थ्रेसहोल्ड कटाउन आवश्यक ३ लाख १६ हजार ८०२ मत चाहिनेमा नेकपा एकीकृत समाजवादीले २ लाख ९८ हजार ३९१ मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ भने नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार