देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

साना दललाई पनि उनीहरूकै चुनाव चिह्न दिने निर्णय

0

काठमाडौं – निर्वाचन आयोगले साना दललाई पनि उनीहरूकै चुनाव चिह्न दिने निर्णय गरेको छ ।

राष्ट्रिय मान्यता प्राप्त दललाई मात्र तिनकै चुनाव दिने कानुनी व्यवस्थाले विभेद गरेको भन्दै साना दलले विरोध जनाउँदै आएकाबेला आयोगको शनिबार बसेको बैठकले साना दललाई पनि पार्टीकै चिह्न प्रदान गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय मान्यता प्राप्त एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले मात्रै आफ्नै चिह्नमा चुनावमा भाग लिन पाउँने कानुनी व्यस्था थियो ।

कानुनी प्रवधान अनुसार यि बाहेकका अन्य साना ७३ दलले स्वतन्त्र उम्मेदवारको हैसियतमा प्रतिस्पर्धा गर्नुपर्ने वाध्यात्मक अवस्था थियो।

स्थानीय तहको निर्वाचनका लागि ७९ दल दर्ता भएकामा सक्रिय रहेको जिल्लाको विवरण ५८ दलले मात्रै आयोगमा बुझाएका थिए । उनीहरूले बुझाएको विवरणका आधारमा चुनाव चिह्न दिन लागिएको आयोगले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार