देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘बलात्कारी संगठन’ नामक फेसबुक पेज चलाउने बस्नेत पक्राउ

0

काठमाडौं – सामाजिक संजालमा अश्लिल, आपत्तिजनक सामग्री पोष्ट गरेर ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाएको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नवलपरासी कावासोती नगरपालिका-१६ बस्ने प्युठान झिन्द्रुक गाउँपालिका-७ घर भएका १९ वर्षीय नबिन बस्नेत रहेका छन् ।

जघन्य अपराध गर्न दुरुत्साहन गर्ने तवरले सामाजिक संजालमा अश्लिल, आपत्तिजनक सामग्री पोष्ट गर्ने, प्रतिक्रिया जनाउने गरेको अभियोगमा बस्नेतलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार  सामाजिक संजाल फेसवुकमा बलात्कारी संगठन नामक पेज तथा समूह बनाई बलात्कार जस्तो जघन्य अपराध गर्न दुरुत्साहन गर्ने तवरले अश्लील, आपत्तिजनक सामग्री पोष्ट गर्ने, प्रतिक्रिया जनाउने लगायतका कार्य गर्ने गरेका थिए ।

बिभिन्न माध्यमबाट प्राप्त सूचना तथा निवेदनको आधारमा प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न बस्नेतलाई जिल्ला प्रहरी कार्यालय नवलपरासी समेतको सहयोगमा नवलपरासी, कावासोतीबाट पक्राउ गरेको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार