देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सामाजिक सुरक्षा भत्ता नियमित नगरे कडा आन्दोलन गर्छौं – लोकतान्त्रिक अपाङ्ग संघ

0

धादिङ – लोकतान्त्रिक अपाङ्गसंघ धादिङले प्रधानमन्त्री लाइ ज्ञापनपत्र बुझाएको छ । संघले बिहिबार जिल्ला प्रशासन कार्यालय, धादिङ मार्फत बिभिन्न माग राखी प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाइ सम्बोधन गरेर ज्ञापनपत्र बुझाएको हो ।

लोकतान्त्रिक अपाङ्गसंघ धादिङका अध्यक्ष आश्विन लम्सालद्वारा बिहिबार जारी विज्ञप्तिमा नेपाली जनताको लामो संघर्ष, सहिदहरूको बलिदानी र त्याग पश्चात जारी भएको समाजबाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ अनुसारको पहिलो आम निर्वाचनबाट बनेको लगभग दुइ तिहाइको बहुमत र इतिहासकै बलियो कम्युनिष्ट सरकारले समाजमा पछिपरेका वर्ग, क्षेत्र र समूदाय लगायत अपांगता भएका व्यक्तिहरूको समेत सशक्तिकरण गरी थप अधिकार प्रदान गरेर स्वतन्त्र र स्वाबलम्बी तथा स्वाभिमानी नागरिक बनाउला भन्ने आशा रहेकोमा यस सरकार बनेदेखि विगतमा प्राप्त भएका अधिकारहरू समेत बारम्बार कटौती गरी अपांगता भएका व्यक्तिहरूलाइ निराशा बनाउने काम गरेको हुँदा नेपाल सरकारले निम्न लिखित मागहरू अभिलम्ब सुनुवाइ गरी अधिकारहरू स्थापित गरिदिन अनुरोध गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ –

१,कोरोना महामारीको समयमा सरकारले राहत दिनुको सट्टा अतिअशक्त अपांगता भएका व्यक्तिहरूले खाइपाइ आएको सामाजिक सुरक्षा भत्ता सरकाले कटौती गरेको तथा कडा विरोध प्रदर्शन पश्चात केहि समयका लागि प्रदान भएको सामाजिक सुरक्षा भत्ता वितरणमा हाल राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले रोक लगाएको मा अविलम्ब सामाजिक सुरक्षा ऐन २०७५ र नियमावली तुरून्त ऐन संशोधन गरी भत्ता नियमित उपलब्ध गराइयोस ।

२। सरकारले हालसालै जारी गरेको अपांगता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी नियमावली २०७७ अनुसार प्रदान गरिने सेवा तथा सुविधाहरूमा अपांगता भएका व्यक्तिहरू बीच भएको विभेदलाइ हटाइ अपांगताको प्रकृति र आवश्यकता अनुसार सेवा तथा सुविधा दिने गरी नियमावलीको संसोधन गरियोस । अबका दिनमा अपांगता भएका व्यक्तिहरूका अधिकार कटौती र सेवा तथा सुविधा खोस्ने काम सरकारले नगरोस ।

यी माथिका मागहरू अविलम्ब पुरा होस भनि माग गर्दछौ‌ं । यदि सरकारले हाम्रा मागको सुनुवाइ नगरेमा अधिकार र सेवा तथा सुविधा प्राप्तिका लागि हामी अपांगता भएका व्यक्तिहरू कडा भन्दा कडा आन्दोलनका चरणसम्म पुग्न पछि नपर्ने र यसबाट उत्पन्न परिस्थितिको सामना सरकारले तयार रहनु पर्ने समेत यसै ज्ञापन पत्रमार्फत जानकारी गराउँदछौ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार