देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सामूहिक बलात्कारमा संलग्न आरोपित ८ महिनापछि पक्राउ

0

विराटनगर – सामूहिक बलात्कारमा संलग्न रहेका आरोपित मध्ये एक जना ८ महिनापछि रुपन्देहीबाट पक्राउ परेका छन् ।

मोरङको बुढीगंगा गाउँपालिका–७, बडहरामा ८ महिना अघि भएको सामूहिक बलात्कार घटनामा संलग्न मध्येका एक जना रुपन्देहीको तिलोतमा नगरपालिका–१५ बाट पक्राउ परेका छन्।

घटना पछि फरार रहेका १६ वर्षीय आरोपितलाई रुपन्देही प्रहरीको सहयोगमा पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । गत माघ १५ गते ५ जनाको समूहले १६ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेका थिए ।

पीडितको जाहेरीका आधारमा पक्राउ परेका १९ वर्षीय सन्देश लिम्बु र २१ वर्षीय टंके भनिने कुमार राई भने हाल पूर्पक्षका लागि थुनामा छन् । मोरङ प्रहरीका अनुसार बलात्कारमा संलग्न तीन नावलक मध्ये एक फरार थिए ।

ती फरार मध्येका एक जना रुपन्देहीबाट पक्राउ परेका हुन् । अन्य २ जना नावालकलाई भने प्रहरीले अदालतको आदेशले जमानीमा अभिभावकको जिम्मा लगाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार