देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

साम्यवादी अर्धचेत र नारामुखि सम्बृद्धि

0

ध्रुव पान्डे

संसार को कुनैपनि रष्ट्रमा शासक को आचरण ,शैलि र ब्यवहार का कारण त्यो देशका नागरिकको भविष्य निर्धारण भएको हुन्छ्।शासकको शासकिय चरित्रले कुनै देश सम्बृद्धि भएको छ भने ति देश का नागरिक पनि सुखि र सम्पन्न भएकाछन्।कुनैदेश कंगाल बनेको छ भने त्यस देशका नागरिक ले बिकराल दुख र कष्ट ब्यहोर्नु परेकोछ्। कतिपय राष्ट्र नै बिभाजन भएकोछ भने देशको अर्थतन्त्र चौपट भएकोछ्। बिगतको इतिहास हेर्ने हो भने शासकको शक्ति सत्ता लिप्सा र निजि महत्वाकांक्षाका कारण करोडौं नागरिकले अनाहकमा आफ्नो ज्यान गुमाउनु परेको र राष्ट्रले ठुलो क्षति ब्यहोर्नु परेको छ।

प्रथम बिश्वयुद्ध पछि कतै साम्यवादी अभ्यास को नाममा त कतै सर्बसत्ता वादि अधिनायकवाद को नाममा बिश्वका धेरै मुलुकहरु प्रताडित बने।मानव इतिहास कै बर्बर र क्रुर नरस्ंहर भयो।बिशेष गरि पुर्वियुरोप , अफ्रीका र एसियाका केहि मुलुकहरु पनि हिंसाको चपेटामा पर्यो।करोडौं नागरिक हरु भोकमरी को शिकार बने।खासगरि साम्यवादी अभ्यास गरेका मुलुकका नागरिक हरु ज्यादा पिडित भए।साम्यवादी शासकका चरम अन्याय,अत्याचार क्रुर दमन बाट असह्य बनेका ति नागरिक हरु ले आफ्नो अधिकार र स्वतन्त्रता को लागि शान्तिपूर्ण अहिंसात्मक आन्दोलन मार्फत तानाशाही साम्यवादी शासन ब्यबस्था लाइ बिदा गरिदिए । लोकतान्त्रिक शासन ब्यबस्थाको स्थापना भयो र त्यस देशका नागरिक ले शान्तसँग स्वास फेर्न पाए। तर अझै एसिया ,अफ्रिकी ,र केहि दक्षिण अमेरिकि मुलुकहरुमा साम्यवादी निरंकुश शासन ब्यबस्था कायम नै छ। जस्तै चिन, उत्तरकोरिया ,क्युवा , भेनेजुएला र लाओस आदि देशहरु। यि साम्यवादी राष्ट्र मध्ये चिन ले मात्र आफ्नो अर्थतन्त्र सुधार गर्नसक्यो। यसको प्रमुख कारण चिनका उदारवादी नेता देङ्गसियायो पेङ्ग का उदारवादी खुला बजार अर्थनिति का कारण बैदेशिक लगानि भित्रीएकोले चिनको अर्थतन्त्रले गति लिएको हो। कम्युनिष्ट हरुले भन्नेगरेको पुंजिवादि मुलुक प्रजातान्त्रिक मुलुक हरुको लगानिका कारण चिनको अर्थतन्त्र उकालो लागेको हो। लोकतान्त्रीक मुलुक युरोप र अ मेरिकाको अझैपनि हजार भन्दा बढि बहुराष्ट्रीय कम्पनि उद्योग हरु चिनमा सन्चालित छन्।तैपनि चिनको कुल जनसङ्ख्या को २८ प्रतिशत अर्थात ४०, करोड चिनिया नागरिक गरिबिको रेखामुनि छन्।तिनिहरु को औसत आम्दानि नेपालि को भन्दा कम छ।

निरंकुश शासक हरुले गरिब, मजदुर र पिछडिएको वर्गको नाममा राजनीति लाइ सत्ताप्राप्त गर्ने भर्याङ मात्र बनाउने र जब सत्तामा पुगेपछि शासक को ब्यबहार मा अकल्पनिय परिवर्तन हुने ।तर ति निमुखा पिछडिएको बर्गको जिवनस्तर जस्ताको त्यस्तै रहने हुनाले शासकका उग्र र खोक्रा नारा निरर्थक र निष्प्रभाबि हुने गरेका छन्। यसको ज्वलन्त उदाहरण हाम्रो देश नेपाललाइ लिन सकिन्छ्।बिभिन्न कालखन्डमा नेपालि जनताको नाममा र सम्बृद्धि को नारामा राजनीतिक परिवर्तन हरु भए। तर गरिब निमुखा जनताको जिवन्स्तर मा कुनै परिवर्तन भएन्।बि सं।२००७ साल देखिनै रट्ने गरिएको क्रान्तिकारी नारा हालसम्म यथावत नै छ भने नागरिक को जिवन्स्तर पनि ज्युंका त्युं छ। मानवसमाज को चेतना र शासक बर्गको निरंकुश शैलि बिच मतभिन्नता हुनु, निरंकुश बिचार नागरिकमा जबर्जस्त लादिनु आदि ।आर्थिक र सामाजिक उत्थान नहुनु यसका प्रमुख कारण हुन ।अहिले नेपाल मा साम्यवादी निंरकुश सोच र बिचारबोके का ,हिंसात्मक चेत बोकेका शासक हरु सत्तासीन रहेकोले अग्रगामी समाज परिवर्तन होइन आदिम साम्यवादी युगतर्फ फर्किन लागिएको होकि भन्ने आभास भएकोछ।

आदिम साम्यवादी युग मानव सभ्यताको बिकास को क्रमको जंगलि युग पछिको दोश्रो चरण को युग हो।अहिले को मानव समाज त्यो चरण पार् गर्दै नयां चरण मा प्रवेश गरेको हो।नेपालका कम्युनिष्ट हरुको यिनै पुरातन सोच र चिन्तन ले नेपालि समाज लाइ कतातिर डोर्याउंदैछ यसको संकेत खतरा तर्फ उन्मुख छ्। सत्ता र शक्तिको आडमा सरकार संरक्षित मानिस बाटै पटक पटक नागरिक को हत्या हुनु, अपराधिक घटना बारम्बार दोहोरिनु ,अपराधि लाइ जोगाउने प्रयत्न गर्नु, ति दलित, निमुखा,गरिब हरुनै साशक बर्ग बाट अन्याय थथिचोमिचो को शिकार हुनु भनेको समाज अराजकता तिर उन्मुख हुनु र बिखण्डन को बाटोमा प्रवेश गर्नु हो। पछिल्लो घटना को ज्वलन्त उदाहरण रुकुम सोतिको घट ना लाइ लिन सकिन्छ । एउटा दलित ,निमुखा नवराज बिक सहित छ जनाको अत्यन्त अ मानविय ,क्रुर र पाशविक तवर ले सत्ताधारी कै संरक्षण मा हत्या हुनु, उक्त उघटना लाइ ढाकछोप गर्न खोज्नु भनेको हिंसा र अपराध लाइ बैद्धता दिन खोज्नु र हिंसात्मक चेत बाट मुक्त न हुनु हो।अर्कोतर्फ बिश्वब्यापि रुपमा फैलिएको कोरोनाको संक्रमणले नेपालि को जनजिवन थप कष्टकर बन्दै गए को छ भने संक्रमण बाट भन्दा लामो लकडाउनका कारण भोकमरी ले नेपाली को ज्यान जो खिम मा पर्ने र थप कष्टकर बन्ने भएकोले राज्य यसको प्रभावकारि नियन्त्रण तथा ब्यबस्थापन गर्न पुर्णरुपमा असफल भएको छ।

संक्रमण को तिब्रगति मा बृद्धि भै रहेको अवस्था मा संक्रमण लाइ हल्का र ठट्टा को रुपमा लिइएकोले संक्रमित लाखौं को संख्या मा पुग्न सक्ने संकेत देखिएको छ्। लाखौंलाख को संख्या मा बिदेशमा रहेका नेपाली नेपाल फर्कने क्रम तिब्रगति मा बृद्धि भै रहेकोले सरकार को तयारी र ब्यबस्थापन देख्दा लाग्छ यो सरकार जनता को जिवन रक्षा को लागि बनेको सरकार नै होइन र राज्यमा सरकार नै छैन । सरकार का सल्लाहकार को उदासीनता ले नागरिक लाइ क्वारेन्टिन मा सामुहिक रुपमा एकैठाउंमा मा राख्नु क्वारेन्टिन नभएर मृत्युघाट जस्तो भएको छ। २र३ सय बिरामि को औषधी औषधोपचार तथा ब्यबस्थापन खर्च १०, अरब सकिएको सरकारी तथ्याङ्क बाहिर आएको छ। तर क्वारेन्टिनमा जिवनजल समेत नपाएर नागरिक को मृत्यु भएको समाचार बाहिर आएको छ। सरकार ले कोरोनाको बाहना मा विश्वबैंकसँग ३०, अरब ऋण लिने सम्झ्यौता गरेको छ्। तर उक्त ऋण को सहि सदुपयोग हुन्छ भन्ने मा आम नेपाली लाइ आशङ्का छ्।

यो सरकार दलाल र माफिया को चंगुलमा र निर्देशन मा संचालन भैरहेकोले राज्यका संयन्त्र हरु क्ष्यतबिक्ष्यत भैसकेका छन ।राज्यका संयन्त्र बिधि र पद्धति बाट चल्न नसकेकोले कुनैपनि बेला राज्य र अर्थतन्त्र नै कोल्याप्स हुने अवस्था न आउला भन्न सकिन्न । देशमा गरिबि, भोकमरी,रोगब्याधि, ब्यथिति ,अराजकता र भ्रष्टाचारले गांजेर उठै नसक्ने गरि चक्रव्यूह मा फस्ने सम्भावना छ्। यसको प्रमुख कारक बर्तमान कम्युनिष्ट सरकार नै हो। अर्कोतर्फ यो सरकार लोकतन्त्र,नेपालि जन्ताको मौलिक हक र अधिकार प्रति अनुदार र अनुत्तरदायी बन्दै गएको छ। आफ्नो हातमा राजदण्ड प्राप्त हुनासाथ यिनि हरुले आफुसङ्ग सहकार्य गरेका लोकतान्त्रिक शक्ति लाइ शत्रु देख्न थालेको छनक पाइन्छ । सत्ता प्राप्त न हुँदा सम्म लोकतान्त्रिक शक्ति को धोतिको फेरो समात्छन ,जब सत्ता प्राप्त हुन्छ लोकतन्त्र वादि लाइ पाखा लगाउँछन । कम्युनिष्ट हरु निर्दलीयता कै कदम लाइपपछ्याएर राज्य नियन्त्रीत समाज निर्माण गर्न लागि परेका छन ।जब सहयात्री को प्रयोजन सकिन्छ उसैलाइ गोलिको निसाना बनाउंछन । खोक्रो उग्र राष्ट्रवाद र कम्युनिष्ट कन्फ्युजन को चेपुवा मा परेको लोकतन्त्रले आफ्नो गतिलिन एकदलीय निरंकुश साम्यवाद र आधुनिक सामाजिक लोककल्याण्कारि राज्यको बारेमा बहस हुनु जरुरी छ । यसको बिषयमा नेपाली जनता लाइ अवगत गराउनु आवस्यक छ। संघिय सरकार देखि स्थानिय तहसम्म चरम भ्रष्टाचार को जालो झांगिएको छ । संघियता मागिखाने भांडो भएको छ। संघियताले कम्युनिष्ट कार्यकर्ताहरुको आर्थिक रुपमा ब्यबस्थापन गर्ने प्लेटफर्म निर्माण गरिदिएको छ।

सम्बृद्धिको नाममा कम्युनिष्ट कार्यकर्ताको ब्यक्तिगत सम्बृद्धि भएको छ। वडातह देखिनै तिनका शहरमा निजि घर र निजि गाडि आर्जन भैसकेको छ ।आफ्ना बाल बालिका शहरका निजि स्कुलमा पठनपाठन गराएका छन । राजनिति गाउँका जनताको सेवा भन्दापनि समाजमा अरुभन्दा भिन्न प्रतिष्ठित बन्नका लागि जतिसक्यो छिटो धनआर्जनगर्न लागि परेको देखिन्छ । गाउँमा आयश्रोतनै नभएका बेरोजगार,अनपढ हरुको पनि आर्थिक अवस्था उलटपुलट भएको छ। प्रधानमन्त्री ओलिले भन्ने गरेको नेपालको अहिलेको वास्तविक सम्बृद्धि को ग्राफ यहि हो। यस्तो अराजक प्रबृतिमा उभिएको हाम्रो सम्बृद्धिको जग धरासायि भैसकेको छ ।कतिबेला गर्ल्याम गुर्लुम ढल्छ भन्न सकिन्न । कम्युनिष्ट अराजकतामा चुलिएको सिमित संख्याको ब्यक्ति र परिवारको सम्बृद्धि ले देशको सम्बृद्धि सम्भव छैन । समाजलाइ झन आतंकित बनाउँछ । सबैका लागि न्यायोचित र समान सअवसर भयो भने मात्र दिगो सम्बृद्धि सम्भव छ । ओलि सरकारले भन्ने गरेको असमान र अन्यायोचित आर्थिक बितरण प्रणालिले सम्बृद्धि होइन नेपालको अर्थतन्त्र भड्खालोमा जाक्ने निश्चित छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार