देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सार्वजनिक पदमा विदेशी पीआरवाला नराख्न अख्तियारको निर्देशन

0

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संविधानविपरीत विदेशी नागरिकता वा आवासीय अनुमतिपत्र लिएका व्यक्तिहरू सार्वजनिक पदमा बाहल रहे/नरहेको यकिन गर्न सरकारलाई निर्देशन दिएको छ।

अख्तियारले मुख्यसचिवमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्राचार गर्दै नेपाल सरकारबाट नियुक्ति हुनुपर्ने व्यक्तिका हकमा नेपाल सरकार (मन्त्रिपरिषद्) मा प्रस्ताव पेस गर्दा बखत त्यस्ता व्यक्तिले संविधानविपरीत विदेशी नागरिकता वा आवासीय अनुमति लिए नलिएको यकिन गर्न आग्रह गरेको हो। 

अख्तियारले सरकारलाई नियुक्ति हुने हरेक व्यक्तिलाई त्यस्तो स्वघोषणा अनिवार्य गराउन पनि भनेको छ।  अन्य सार्वजनिक निकायका हकमा पनि सोहीबमोजिम व्यवस्था गर्ने गराउने व्यवस्था गर्न मुख्य सचिवमार्फत सबै निकायमा निर्देशन गर्न पनि अख्तियारले आग्रह गरेको छ।   

कतिपय सार्वजनिक निकायले कानुनी व्यवस्था लागू नगरेकाले विदेशी नागरिकता र आवासीय अनुमति लिएकाले पनि सार्वजनिक पदमा नियुक्ति पाउने संभावना रहेकाले मापदण्ड, कार्यविधि र निर्देशिका तयार गरी लागू गर्न सरकारलाई अख्तियारले निर्देशन दिएको हो। 

अख्तियारले सरकारलाई गरेको पत्राचारमा यो विषय उल्लेख छ, ‘निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (२) ले विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र लिएमा वा सोका लागि आवेदन दिएमा भविष्यमा सरकारी सेवाका निम्ति अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गर्ने व्यवस्था गरेको र सोही ऐनको दफा १० को उपदफा (१) को खण्ड (घ) ले यसरी भविष्यमा सरकारी सेवाका निम्ति अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएका व्यक्ति निजामती सेवाको पदमा उम्मेदवार हुन नपाउने व्यवस्था गरेको छ।’

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार