देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सार्वजनिक यातायात, सरकार भन्छ चलाउ, व्यवसायी भन्छन्–चलाउँदैनौं

0

काठमाडौं – उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सार्वजनिक सवारीसाधन जोरबिजोर प्रणाली अनुसार सञ्चालन गर्ने निर्णय गरेको छ ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको निर्णय अनुसार १५ गतेबाट बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सार्वजनिक सवारी साधन सञ्चालन गर्न सकिनेछ ।

सार्वजनिक यातायात केन्द्रिय महासंघले भने यो निर्णय तत्काल लागु गर्न नसकिने जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै खोपको कुनै प्रवन्ध नगरी र भाडा वृद्धि नगरी गाडी चलागन नसक्ने स्पष्ट पारेका हुन् ।

सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालका महासचिव भरत नेपाल जिल्ला प्रशासन कार्यालयको यो निर्णय स्वीकार्य नभएको बताउँछन् । ‘२५ सिट क्षमता भन्दा माथिको गाडी चलाउने निर्णय गरेको अवस्थामा सबै यातायातले नै जोखिम मोल्ने गरी निर्णय आयो,’ नेपालले भने, ‘यातायातका मजदूरले भ्याक्सिन छैन, यातायात भाडा समायोजनको बारेमा सरकार मौन छ, त्यसैले पनि यो निर्णय स्वीकार्य छैन ।’
उपत्यकामा सार्वजनिक यातायात खोल्ने निर्णय भएपनि यस अवस्थामा यातायात सञ्चालन गर्न नसकिने उनले बताए ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार