देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सार्वजनिक सवारी पनि जोरबिजोरमै चलाउने तयारी

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौँ – काठमाडौं उपत्यकामा जोरबिजोर प्रणालीमार्फत सार्वजनिक सवारी सञ्चालन गर्न प्रशासन कार्यालयहरू एकमत भएका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको बैठक उक्त निष्कर्षमा पुगेको हो । तर अन्य के–कस्ता मापदण्ड लागू गर्ने भन्नेमा अझै निर्णय भइनसकेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

यातायात व्यवसायीले भने यसबारे असुन्तष्टि जनाएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जोरबिजोर प्रणालीमार्फत गाडी चलाउँदा यात्रुको चाप बढेर कोरोना संक्रमण झन् फैलिए त्यसको जिम्मेवार आफूहरू नहुने बताए ।

सबैखाले गाडी चल्न दिएर भीडभाड कम गर्नुपर्ने उनको सुझाव छ । ‘वैज्ञानिक ढंगको सुझाव हामीले प्रशासनलाई दिइसकेका छौं, जोरबिजोर नगरौं, सबैखाले गाडी चल्न दिएर भीड कम गरौं भन्ने हो,’ उनले भने ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार