देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सार्वजनिक सवारी सरकारले नखोले आफैं चलाउँछौं – यातायात व्यवसायी

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – यातायात व्यवसायीहरुले यथासक्य छिटो सबै खालका सार्वजनिक यातायात खोल्न माग गरेका छन् । यातायात व्यवस्था विभागमा धर्ना दिन पुगेका यातायात कम्पनीका प्रतिनिधिहरुले असोज १ गतेबाट स्थानीयसँगै लामो दूरीमा चल्ने सवारी नखोलिए सरकारी निर्णय अवज्ञा गर्दै सवारीसाधन चलाउने चेतावनी दिएका छन् ।

उनीहरुले ७ महिनादेखि गाडी थन्काएर बस्नुपर्दा जीविकोपार्जन मै समस्या परेको र ऋण तिर्न नसक्ने अवस्था आएको भन्दै सरकारले अब सतकर्ता अपनाएर सवारी खोल्न माग गरेका हुन् । व्यवसायीले स्वतःस्फुर्त रुपमा सवारी चलाउने अवस्था आउनसक्ने चेतावनी दिएका छन् ।

यातायात व्यवसायीले आफूहरुको समस्याबारे सरकारलाई झकझकाउन थालेका छन् । सार्वजनिक यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष होमप्रसाद अधिकारी यातायात व्यवस्था विभागका महानिर्देशकसँग सरकारले विगतमा आफूहरुको माग पुरा गर्न जनाएको प्रतिवद्धता स्मरण गराएको बताउँछन् ।

‘विगतमा पुरा गर्ने भनिएका प्रतिवद्धता अधुरै रह्यो,’ उनी भन्छन्,’ यातायात क्षेत्रलाई सरकारले उपेक्षा गरेकोले अब तुरुन्तै राहतको कार्यक्रम ल्याउन माग गरेका छौं । ‘ उनले महासंघले भने गाडी खोल्ने निर्णय गरिनसकेको बताए । महासंघले पनि बिहीबार बैठक बसेर यसबारे औपचारिक धारणा तय गर्ने उनी बताउँछन् ।

त्यसैगरी विदेशबाट आएका यात्रुलाई होल्डिङ सेन्टरबाट जिल्लाहरुमा लैजाँदा ठगीबारे पनि ध्यानाकर्षण गराएको उनले बताए । केही व्यवसायीलाई मात्रै पहुँचका भरमा यस्ता यात्रु ओसार्न सुविधा दिएको भन्दै महासंघले त्यस्तो सिन्डिकेट खारेज गर्न माग गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार