देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सालकको खपडा सहित काठमाडौंबाट २ जना पक्राउ

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – प्रतिबन्धित सालकको खपडा सहित काठमाडौंबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काभ्रेको महाभारत गाउँपालिका–२ बाल्टिङ घर भई काठमाडौं स्वयम्भू बस्ने २५ वर्षीय बिनोद तामाङ र काभ्रेको सल्ले भुल्बु गाउँपालिका–३ घर भई काठमाडौं चाबहिल बस्ने ४७ वर्षीय लाल सिंह तामाङ रहेका छन् ।

काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित शान्ति गोरेटो चोकबाट १ किलो २५ ग्राम तौल भएको सालकको खपटा सहित उनीहरुलाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो ।

चाबहिल क्षेत्रमा केही व्यक्तिहरुले प्रतिबन्धित सालकको खपटा अवैध रुपमा बिक्री गर्नको लागि लुकाई ल्याएको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त खपडा र २ थान मोबाइल सहित पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारबाहिको लागि जिल्ला बन कार्यालय काठमाडौं पठाईएको महाशाखाले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार