देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सालकको खपेटासहित काठमाडौंबाट एक पक्राउ

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – सालकको खपेटा र अस्थिपञ्जरसहित काठमाडौंको मित्रनगरबाट एक जनालाइृ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङका २७ वर्षीय सुवास भन्ने सुजन तामाङ रहेका छन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले मित्रनगर क्षेत्रमा दुर्लभ वन्यजन्तु सालक बेचविखन भइरहेको भन्ने सूचनाको आधारमा सुवासलाई पक्राउ गरेको प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिए ।

उनीबाट प्रहरीले तीन फिट ६ इन्च लामो र दुई केजी ३०० ग्राम भएको सालकको खपेटा र अस्थिपञ्जर बरामद गरेको हो । उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले उनलाई जिल्ला वन कार्यालय काठमाडौं पठाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार