देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सालगत विवरण उपलब्ध गराउन समाज कल्याण परिषदलाई निर्देशन

0

काठमाडौं – संसदीय समितिले समाज कल्याण परिषदलाई स्थापना कालदेखि हालसम्म विभिन्न गैरसरकारी संस्था मार्फत सञ्चालन भएका परियोजनाका लागि स्वीकृत रकमको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिको सिंहदरबारमा आज बसेको बैठकले परिषदलाई सालगत विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।

समितिले ५० हजार गैरसरकारी संस्था दर्ता भएको र नियमानुसार नवीकरण नहुने देखिएका लगायत विषयमा समाज कल्याण परिषद्लाई आफ्नो अवस्था, दूरदृष्टि र देशको आवश्यकता समीक्षा गर्न निर्देशन दिएको छ ।

गैरसरकारी संस्थाका कार्यक्रम सबै तहमा कार्यान्वयन हुने  तर परिषद्को उपस्थिति केन्द्रीय तहमा मात्र रहनाले परिषद्ले गर्ने समन्वय प्रभावकारी नहुने निश्चित भएको र कतिपय संघसंस्था जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर मात्रै पनि सञ्चालनमा छन् ।

परिषद्ले काठमाण्डौ उपत्यका लगायत स्थानमा रहेका जमिन तथा भौतिक संरचना उपभोग गर्न दिए वापत प्राप्त हुने रकम प्रचलित दररेट भन्दा न्यून रहेको, लिज वा भाडामा दिने प्रक्रिया अपारदर्शी रहेको, प्रतिस्पर्धाको अभाव रहेको, आन्तरिक कार्य सञ्चालनका लागि समेत गैरसरकारी संस्थाबाट अनुचित लाभ लिने गरेको जस्ता गुनासाहरु आएपछि समितिले छलफल अघि बढाएको हो ।

परिषदका उपाध्यक्ष पद्म प्रसाद खतिवडासँगको छलफलपछि आगामी प्रतिवेदनहरुमा संस्थाको समग्र भौत्तिक तथा वित्तीय उपलब्धीहरु, चुनौतीहरु, समस्या न्यूनिकरणका लागि गरिएका प्रयासहरु एवं भावी कदमहरु जस्ता विषय समेट्न आग्रह गरेको समिति सभापति निरुदेवी पालले जानकारी दिईन ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार