देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिंहदरबारमा प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा यी दुई शीर्ष नेताबीच शुक्रबार बिहान दश बजेदेखि भेटवार्ता जारी रहेको छ ।

संसद्को हिउँदे अधिवेशन सुरु हुन लागेका बेला दुई नेताबिच भएको भेटवार्तामा सदन सञ्चालन र कानुन निर्माणबारे छलफल भएको बुझिएको छ ।

दलहरूबीच टीआरसीमा सहमति जुटाउने प्रयास पनि जारी रहेको र सरकारमा गठबन्धन परिवर्तनको हल्ला चलिरहेकाबेला भएको यो भेटलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार