देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिंहदरबार प्रवेशमा कडाइ, पुराना पास खारेज

0

काठमाडौँ – सरकारले सिंहदरबार प्रवेशमा कडाइ गर्ने निर्णय गरेको छ । कोभिड १९ ओमिक्रोन भेरिएन्ट संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले बुधबारदेखि सिंहदरबार प्रवेशमा नयाँ व्यवस्था लागू गरेको हो ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा हस्ताक्षरित सूचनाअनुसार सिंहदरबार प्रवेश गर्न सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगलगायतबाट हालसम्म जारी भएका सबै प्रकारका पास खारेज गर्ने बताइएको छ ।

साथै अब आवश्यकता बमोजिम गृहमन्त्रालयको पूर्वसहमति लिई सम्बन्धित निकायबाटै पास जारी गर्नेलगायत ६ बुँदे नियम लागू गरिएको विज्ञप्तिमा जनाइएको छ ।

पत्रकारलाई भने सूचना विभागबाट जारी भएको परिचयपत्रको आधारमा प्रवेश दिने बताइएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार