देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिकागो ओपनमा नेपाली खेलाडीलाई सफलता

0

काठमाडौं – सिकागो ओपन अनलाइन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका चार तेक्वान्दो खेलाडीले पदक जितेका छन् । ओङ तेक्वान्दो एकेडेमीको आयोजनामा सम्पन्न अनलाइन पुम्से च्याम्पियनसिपमा नेपालका सन्दीपा अमगाईं, सन्जीव नेपाली, राजु नगरकोटी र प्रेमकुमार दर्नालले पुम्सेतर्फ विभिन्न उमेर समूहमा पदक जितेका हुन् ।

सन्दीपा र सन्जीबले दुई पदक जित्दा राजु र प्रेमकुमारले १/१ पदक जितेका थिए । सन्दीपाले महिला ३० वर्षमुनि र सन्जीबले ३१ वर्षदेखि ४० वर्ष उमेर समूहको स्पोटर्स पुम्से र ट्रेडिसनल (परम्परागत) पुम्सेमा पदक जितेका थिए । सन्दीपाले ट्रेडिसनल पुम्सेमा रजत पदक जित्दा अमेरिकाकी डिना पाजाजेटसँग पराजित भइन् । डिनाले ५.८३३ अंक र सन्दीपाले ५.६६७ अंक प्राप्त गरेकी थिइन् ।

यसै उमेर समूूहमा अमेरिकाकै डाई लिन हुमल तेस्रो स्थानमा सीमित भइन् । स्पोटर्स पुम्सेमा भने सन्दीपा तेस्रो स्थानमा खुम्चिन् । यस विधामा अमेरिकाकी बेट्रिज बेलिसेन पहिलो हुँदा फिलिपिन्सकी युनाइस इन्टे दोस्रो भएकी थिइन् । सन्जीब नेपालीले भने स्पोटर्स पुम्से र ट्रेडिसनल पुम्से दुवैमा रजत पदक जितेका थिए । उनले स्पोटर्स पुम्सेमा रजत पदक जित्दा अमेरिकाका गिलबर्ट जामेनासँग पछि परे । ट्रेडिसनल पुम्सेमा भने उनी फिलिपिन्सका क्रिस्टि मघिरासँग पछि पर्दा दोस्रोमा खुम्चिए । मघिराले ५.९० अंक र सन्जीबले ५.८६अंक ल्याएका थिए ।

त्यसैगरी नेपालका राजुु नगरकोटीले ५० वर्षमुनि स्पोटर्स पुम्सेमा रजत पदक जित्दा नेपालकै प्रेमकुमार दर्नाल कांस्य पदकमै सीमित भए । यस विधामा पहिलो भएका अमेरिकन खेलाडी एन्ड्रयु एसिसले ६.१० अंक र राजुले ५.४० अंक ल्याएका थिए । प्रेमकुमारले भने ५.१०० अंक ल्याए । उक्त च्याम्पियनसिपमा आयोजक राष्ट्र अमेरिका र नेपाल सहित क्यानडा, फिलिपिन्स र स्लोभाकियाका करिब चार सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार