देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिके राउत बने ओशो सन्यासी – नयाँ नाम ‘आनन्द मैत्रय’

0

काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा.सिके राउत ओशो सन्यासी बनेका छन्। बुधबार काठमाडौंमा स्वामी आनन्द अरुणबाट दीक्षा लिएर उनी ओशो सन्यास लिएका हुन्।

तराईमा क्रियाशील जनमत पार्टीका अध्यक्ष समेत रहेका राउत काठमाडौंको रानीबारीमा रहेको ओशो तपोवनमा ९ दिनसम्म पूर्णरुपमा  ध्यान पूरा गरेपछि उनले सन्यास धारण गरेका हुन् ।

ओशो तपोवन व्यवस्थापनकी एक सदस्य सोभिता सिंखडाले भनिन्–‘उहाँले यहाँ ९ दिनको ध्यान पूरा गर्नुभएको हो । मिस्ट्रिक रोज भन्ने हाम्रो एउटा थेरापी हुन्छ । त्यसका लागि पूर्णरुपमा यहाँ १० दिन बस्नुभयो । साउन ११ गते बुधबार साँझ उहाँले सन्यास लिनुभएको हो ।’

सन्यासपछि राउतले नयाँ नाम पाएका छन्–‘आनन्द मैत्रय’ । नाम जस्तै सन्यास धारणपछि सार्वजनिक भएको तस्विरमा उनी निकै आनन्दित देखिएका छन् ।

गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष भवन भट्ट, पूर्व अभिनेत्री शोभिता सिम्खडाका साथमा सेतो बस्त्र, ओशोको तस्विर रहेको माला लगाएर ‘ग्रीन टि’ पिउँदै गरेको उनको तस्बिर सार्वजनिक भएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार