देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिटिजन्स बैंकद्वारा सहयोगी विकास बैंक प्राप्तिको प्रस्ताव पारित

0

(काठमाडौं) – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडकको सञ्चालक समितिले सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने प्रस्ताव पारित गरेको छ ।

मंगलबार सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको पाचौं विशेष साधारण सभामा सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीले गरेको गरेको प्रस्ताव पारित गरेको हो ।

साधारण सभाले सहयोगी विकास बैंक लिमिटेड र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौता पत्रहरुको अनुमोदन गरेको छ । सहयोगी विकास बैंक लिमिटेडको १ सय कित्ता शेयरलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९१.७५ कित्ता शेयर दिने गरी शेयर मूल्य अनुपात कायम गरिएको प्रवक्ता उमंग शर्माले बताए ।

यसैबीच, जनकपुरमा केन्द्रीय कार्यालय रहेको सहयोगी विकास बैंक लिमिटेडको गत शनिबार सम्पन्न साधारण सभाले समेत सहयोगी विकास बैंक लिमिटेडलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्राप्ति गर्न स्वीकृति प्रदान गरिसकेको छ ।

दुबै बैंकको विशेष÷वार्षिक साधारण सभाले स्वीकृति दिएसँगै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई सहयोगी विकास बैंक लिमिटेड प्राप्ति गर्नका लागि बाटो खुलेको हो । यसै आर्थिक वर्ष भित्रमा सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका अध्यक्ष राजनसिंह भण्डारीले जानकारी दिए ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप ८७ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ । सर्वसाधारणलाई दिएको ऋण लगानी ७९ अर्ब ६२ करोड रुपैयाँ पुग्ने छ । प्राप्ति पश्चात बैंकको कुल शाखा १०८ हुनेछ ।

हाल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको चुक्ता पुँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पुँजी ९ अर्ब ८ करोड रुपैयाँ हुनेछ । धनुषा, महोत्तरी, सिराहा, सर्लाही र सिन्धुली जिल्ला कार्यक्षेत्र भएको सहयोगी विकास बैंक लिमिटेडले १४ वटा शाखाहरूबाट बैंकिंग सेवा प्रदान गर्दै आएको थियो ।

यी पाँच जिल्लामा हाल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९ वटा शाखाहरू संचालनमा रहेकोमा यस बैंकको प्राप्ति संगै २३ वटा शाखाहरू संचालनमा आउने प्रवक्ता शर्माले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार