देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिटौलाको निवासमै पुगेर आशिर्वाद लिए विश्वप्रकाशले

0

काठमाडौँ – नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले आइतबार पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई उनकै निवास चण्डोल पुगेर भेटेका छन् ।

आफ्नै घरमा भेट्न आएका शर्मालाई सिटौलाले बधाइसहित आशिर्वाद दिएका छन् । सिटौलालाई आफ्ने समूहमा मिलाउने क्रममा सभापति शेरबहादुर देउवाले शर्मालाई आफ्नो प्यानलबाट महामन्त्रीको उम्मेदवार बनाउन नसकेपछि शर्मा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेर जित हात पारेका थिए ।

११ औँ महाधिवेशनमा झापाको जिल्ला सभापतिको उम्मेदवार बनेका शर्मा सिटौलाले उम्मेदवार बनाएका उद्धव थापासँग पराजित भएका थिए ।

त्यस्तै १२ औँ महाधिवेशन अगाडि तत्कालीन पार्टी सभापति सुशील कोइरालाले नेविसंघका पूर्व अध्यक्षहरु सबैलाई केन्द्रीय सदस्य मनोनित गर्दा शार्मा छुटेका थिए ।

यो पटक पनि शर्मालाई रोक्ननै सिटौलाले प्रदीपलाई अगाडि बढाएको चर्चा महाधिबेशन अवधिभर चलेको थियो ।

एउटै जिल्लाका भएपनि यी नेताहरुबीच विगत लामो समयदेखिनै आपसी सम्बन्ध त्यति राम्रो छैन ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार