देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिन्धुका पत्रकार नेपालको हृदयघातका कारण निधन

0

सिन्धुपाल्चोक – जिल्लामा रहेर लामो समय पत्रकारिता गरिरहेका पत्रकार नानीराम नेपालको हृदयघातका कारण निधन भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका क्रममा धुलिखेल अस्पतालमा बिहिबार साँझ ५ः३० बजे उनको निधन भएको पारिवारिक श्रोतले जनाएका हुन् ।

बलेफी गाउँपालिका ४ घर भएका ३१ वर्षीय नेपाललाई बिहीबार दिउँसो करिब २ बजे खाडीचौरमा रहेका बेला एक्कासि हृदयाघात भएको थियो ।

४ बजे धलिखेल अस्पताल पुर्याइएका नेपाललाइ ५ः३० बजे डाक्टरले मृत छोषणा गरेको परिवारले जनाएको छ । नेपालको परिवारमा आमा–बुबा, श्रीमती सुशीला तथा ६ वर्षीया छोरी र डेढ वर्षीय छोरा रहेका छन् ।

मृतक नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका सहसचिव हुन् भने न्युजअरनिको अनलाइनका सम्पादक समेत हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार