देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिन्धुपाल्चोकका पहिरो पिडितलाई कांग्रेसको राहत

0

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं. ७ घुम्थाङमा भदौ २७ गतेको भीषण पहिरोबाट पिडित विस्थापितहरुलाई नेपाली काँग्रेस सिन्धुपाल्चोक र नेपाल तरुण दल सिन्धुपाल्चोक, नेबि संघ, महिला संघ लगायतको पहलमा राहत वितरण गरिएको छ। नगद राहत सहित खाद्यान्न, सोलार, साना नानी बाबुहरुका लागि कपडा, पोलार र भाँडाकुँडा वितरण गरिएको हो।

सिन्धुपाल्चोक नेपाली काँग्रेस जिल्ला सभापति बिकास लामा, पुर्व सभापति भुपेन्द्र थापा, तरुण दल अध्यक्ष दोर्जे लामा, नेबि संघ महामन्त्री बलदेव तिमल्सिना, महिला नेत्री लिला नेपाल, तरुण दल वरिष्ठ उपाध्यक्ष कर्म लामा, महिला संघ जिल्ला सभापति गिता नेपाल, धादिङ महिला संघ सभापति, भक्तपुर महिला संघ जिल्ला सभापति, ट्रेड युनियन महासंघ केन्द्रिय सदस्य बलदेव तामाङ, बलेफी ३ ईकाई सभापति गोविन्द कार्की लगायतको सकृयतामा उक्त राहत संकलन गरिएको कांग्रेस सिन्धुपालचोक सभापती बिकास लामाले बताए ।

राहत वितरण कार्यक्रममा छोटो भनाइ राख्दै जिल्ला सभापति लामाले गत शनिबार प्रदेश मुख्य मन्त्री संगको बैठकको क्रममा सरकारको दायित्व के हो ? सरकारले के गर्नु पर्छ ? गोष्ठी, सेमिनार गरेर मात्र विस्थापित जनताको पीडा समाप्त नहुने बताए । उनले अहिले तत्काल सरकारले वस्ती स्थानान्तरणका लागि उपयुक्त जग्गाको पहिचान गरि सुरक्षीत आवासको व्यवस्था गर्नु पर्ने बताए।

बाढीपहिरोबाट विस्थापित १२६ घरदुरिलाई बिशेष कार्यक्रम ल्याउने छु – दोर्जे लामा अध्यक्ष तरुण दल सिन्धुपाल्चोक

नेपाल तरुण दल जिल्ला अध्यक्ष दोर्जे लामाले नातागोता, आफन्त र आफ्नो पार्टीको नहेरी वास्तविक  पीडितलाई राहत पुग्नुपर्ने बताए। लामाले केही दिन पश्चात् तरुण दल सिन्धुपाल्चोकले पहिरोका कारण वासस्थान क्षतविक्षत भएका १२६ घरदुरीका लागि एउटा प्रोजेक्ट लिएर आउने जानकारी दिए। त्यस्तै नेबि संघ महामन्त्री बलदेव तिमल्सिनाले यस्तै अप्ठ्यारो र दुख परेको बेला विभिन्न भातृसंगठनहरुको आवश्यकता पर्ने भएकोले संधै साथमा हुने धारणा राखेका थिए ।

पहिरोबाट परिवारका सदस्य सहित घरबार पुर्ण रुपमा गुमाएका २३ परिवार र अन्य जोखिम युक्त ८४ परिवारलाई राहत वितरण गरिएको हो।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार