देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई नगदसहित खाद्य सामग्री वितरण

0

सिन्धुपाल्चोक – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई नगदसहित खाद्य सामग्री वितरण गरेका छन् । कांग्रेसको केन्द्रीय खेलकुद विभागका संयोजक समेत रहेका बस्नेतले आइतबार बाह्रबिसे नगरपालिका– ५, जम्बुका २० घर बाढीपीडितलाई नगदसहितको राहत उपलब्ध गराएका हुन् ।

केन्द्रीय सदस्य बस्नेत र क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले प्रतिघर परिवार ७ हजार नगदसहित आवश्यक खाद्यान्न बितरण गरेको कांग्रेसले जनाएको छ । बाढीपहिरो पीडितले सरकारी निकायबाट अहिलेसम्म राहत नपाएका बेला कांग्रेस नेता बस्नेतले नगदसहित खाद्यान्न वितरण गरेका छन् ।

कांग्रेस नेता बस्नेत आइतबार राहत लिएर समस्यामा परेकाहरूको घरमा पुगेका हुन् । उनले बाढीपहिरोमा मृत्यु भएका परिवारका आफन्तलाई सान्त्वना दिएका छन् । नेता बस्नेतले बाढीपहिरो पीडितको बसोबासको व्यवस्था कम्युनिस्ट सरकारले गरेन भने उनीहरूको ब्यवस्थापन आफैले गर्न पहल गर्ने आश्वासन दिए ।

पीडितहरूले कोरोना भाइरसको संक्रमण र महामारी भएका बेला अरुको आश्रयमा धेरै दिन बस्दा असहज हुने गुनासो कांग्रेस नेता बस्नेत समक्ष गरेका थिए । उनीहरूले आफूहरूको बसोबास छिटोभन्दा छिटो गर्न माग गरे ।

बाह्रबिसे नगरपालिकाले बाढीपहिरो पीडितका मृतक परिवारलाई किरिया खर्चका लागि १ लाख दिने घोषण गरेको छ । जिल्ला दैबिक प्रकोप उद्धार समितिबाट प्रतिपरिवार १० हजार बितरण गरिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार