देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिन्धुपाल्चोकका बाढीपहिरो पीडितहरुलाई चिन सरकारको सहयोग

0

सिन्धुपाल्चोक – गत साउनमा बाढी पहिरोबाट विस्थापित भएर अस्थाई शिवीरमा बसिरहेका सिन्धुपाल्चोकका प्राकृतिक विपत्तीबाट समस्यामा रहेका नागरिकहरुलाई छिमेकीमुलुक चीनले न्यानो सामग्री प्रदान गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाको पहलमा चीन सरकार,तिब्बतको नेलम कन्ट्रीले सिन्धुपाल्चोकका बाढीपहिरो पीडितहरुका लागि न्यानो सामग्री उपलब्ध गराएको हो ।

सिन्धुपाल्चोक संघिय क्षेत्र नं १ का सांसद एवं सभामुख सापकोटाले चीन सरकारबाट प्राप्त विभिन्न सामग्रीहरु भोटेकोशी,बाह्रविसे, जुगल र चौतारा साँगाचोकगढी नगरपालिका जनप्रतिनिधिहरुलाई शुक्रबार   हस्तान्तरण गरेका थिए । चीनको नेलम कन्ट्रीले कटन टेन्ट २ सय ४० थान,ब्यालङकेट ३ सय थान,लाइट ३ सय थान लगायतका सामग्रीहरु सहयोग गरेको थियो ।

चीन सरकारबाट प्राप्त सामग्री सभामुख सापकोटाले चार स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुलाई हस्तान्तरण गरेका थिए ।उक्त सामग्री ग्रहण गर्दै स्थानीय सरकारका प्रतिनिधिहरुले बाढीपहिरो पछि अस्थाई शिबीरमा बसेका पीडितहरुलाई प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए ।

यस अघि पनि चीन सरकारले सिन्धुपाल्चोकका लागि स्वास्थ्य लगायत अन्य सामग्रीहरु सहयोग गरेको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार