देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिन्धुपाल्चोकका लिदिबासीका लागि देशमा सरकार हुनुको अर्थ के रहृयो ?’- कांग्रेस

0

काठमाडौं – प्रमुख विपक्षी नेपाली कांग्रेसले सिन्धुपाल्चोकको लिदिमा राज्यले अक्षम्य गल्ती गरेको बताएको छ । पहिरोको जोखिममा रहेको भन्दै स्थानीयले हारगुहार गर्दागर्दै सुरक्षित स्थानमा नसार्नु सामान्य हेलचेक्र्याईं मात्रै नभई राज्यको अक्षम्य गल्ती भएको कांग्रेसले बताएको छ । लिदिमा गएको पहिरोमा परी १८ जनाको मृत्यु भइसकेको छ भने २१ जना अझै हराइरहेका छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार वक्तव्य जारी गर्दै सरकारलाई प्रश्न गरेका छन्, जनताले लिखित रूपमा गुहार गर्दा पनि सुरक्षित स्थानमा सारेर अमूल्य जीवन जोगाउन सरकार किन गम्भीर भएन ? लिदिबासीका लागि देशमा सरकार हुनुको अर्थ के रहृयो ?’

जनताको जीवनप्रति राज्यको चरम बेवास्ताको यो भन्दा ठुलो उदाहरण अर्को नभएको भन्दै कांग्रेसले सरकारको शासकीय योग्यता र सार्थक अस्तित्व यो घटनापछि शून्यतामा पुगेको  बताएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार