देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिन्धुपाल्चोकका १२ स्थानीय तहका १५ स्थानमा कांग्रेसको शक्ति प्रदर्शन ! (सबै तहका फोटो सहित)

0

सिन्धुपाल्चोक – नेपाली कांग्रेसले ओलि सरकारको असंवैधानिक कदम विरुद्ध मुलुकका सबै स्थानीय तहमा विरोध प्रदर्शन एवं सभा सम्पन्न गरेको छ । यसै क्रममा सिन्धुपाल्चोकका सबै अर्थात १२ स्थानीय तहका १५ स्थानमा कांग्रेसले प्रदर्शन गरेको नेपाली कांग्रेस सिन्धुपाल्चोकले जनाएको छ ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य गुरुराज घिमिरे प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने विशेष अतिथिको रूपमा जिल्ला सभापति बिकास लामा त्यही कार्यक्रममा सहभागी थिए । प्रदेश सभाका प्रत्यासी बिकास तामाङ, इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङ, उपाध्यक्ष मिरा अधिकारी लामा लगायत कांग्रेस नेताहरू सम्मिलित उक्त कार्यक्रममा अन्य पार्टी परित्याग गरि सयौंको संख्यामा नेताकार्यकर्ता प्रवेश समेत गरेका थिए ।

Image may contain: 1 person, on stage, crowd and outdoor

यसैगरी चौतारा साँगाचोकगढी नगरपालिका (१० मा आयोजित कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य एवम् खेलकुद विभाग प्रमुख मोहन बहादुर प्रमुख अतिथिको आतिथ्यता गरेका थिए भने विशेष अतिथिका रूपमा कांग्रेस केन्द्रिय सदस्य विष्णुबिक्रम थापा उपस्थित थिए । कांग्रेस जिल्ला उपसभापति शिव सुनार लगायत कांग्रेसका अन्य जिल्ला तहका नेताकार्यकर्ता उपस्थित उक्त कार्यक्रममा कलाकार हरुको प्रस्तुतिले मनोरञ्जन समेत दिएको थियो ।

Image may contain: 3 people, people standing, people on stage and outdoor

यस्तै नेपाली कांग्रेस हेलम्बु गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा प्रदेश सभा सदस्य माननीय निमा लामा लगायतका कांग्रेस नेताहरूले सम्बोधन गरेका थिए ।

Image may contain: 6 people, outdoor

पाँचपोखरी थाङ्पाल गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा कांग्रेस जिल्ला कोषाध्यक्ष पासाङ दोङ लगायत नेताहरूले सम्बोधन गरेका थिए ।

Image may contain: 2 people, crowd and outdoor

कांग्रेस मेलम्ची नगर कार्यसमितिले मेलम्चीमा आयोजना गरेको कार्यक्रममा कांग्रेस क्षेत्र नं २ का सभापति आइतमान तामाङ लगायतका नेताहरूले सम्बोधन गरेका थिए । उक्त कार्यक्रममा लोक गायक नवराज घोरासैनी लगायतका कलाकारहरुले गित मार्फत ओलि सरकारको असंवैधानिक कदमको बिरोध गरेका थिए ।

Image may contain: 10 people, people sitting and people on stage

यस्तै नेपाली कांग्रेस बलेफी गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा कांग्रेस महाधिवेशन प्रतिनिधि प्रेम ध्वज लामा, महासमिति सदस्य कृष्ण न्यौपाने लगायत कांग्रेस नेताहरूले सम्बोधन गरेका थिए ।

Image may contain: 8 people, including Ramesh Thapa and Baldev Tamang, people standing and outdoor

सुनकोसीमा आयोजित कार्यक्रममा सुनकोसी गाउँपालिकाका अध्यक्ष एवं कांग्रेस नेता बिनोद जिसि लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

Image may contain: one or more people and people sitting, text that says "बहत विरोध प्रदर्शन पदof F Fae nuy"

भोटेकोसीमा आयोजित कार्यक्रममा कांग्रेस नेता साङ्बु शेर्पा तरुण दल अध्यक्ष दोर्जे लामा ञहाउडेझ लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

Image may contain: 12 people, people standing and outdoor

जुगल गाउँपालिकामा आयोजित कार्यक्रममा प्रदेश सभापति देबेन्द्र खड्का लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

Image may contain: 2 people, people on stage and outdoor

सिन्धुपाल्चोकका १२ मध्ये ३ वटा स्थानीय तहमा दुई (दुई स्थानमा कार्यक्रम भएका थिए । बाह्रबिसे नगरपालिकाको क्षमादेबी र जम्बु गरि दुई स्थानमा भएको कार्यक्रम मध्ये क्षमादेबीमा पुर्व जिल्ला सभापति भुपेन्द्र थापा लगायत नेताहरूले सम्बोधन गरेका थिए ।

Image may contain: one or more people and people sitting

जम्बुमा भएको कार्यक्रममा क्षेत्रीय सभापति बालकृष्ण बस्नेत लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

No description available.

यस्तै त्रीपुरासुन्दरी गाउँपालिकामा पनि दुई स्थानमा कार्यक्रम भएका थिए । त्रीपुरासुन्दरीको पिश्करमा भएको कार्यक्रमलाई कांग्रेस जिल्ला सह- सचिव अनुप न्यौपाने लगायत नेताहरूले सम्बोधन गरेका थिए ।

Image may contain: 8 people, outdoor

त्रीपुरासुन्दरीकै तौथलिमा भएको अर्को कार्यक्रममा कांग्रेस पुर्व महाधिवेशन प्रतिनिधि एवं त्रीपुरासुन्दरी गाउँपालिकाका प्रत्यासी भक्तध्वज बोहरा लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

त्यस्तै लिसंखुपाखर गाउँपालिकामा पनि दुई स्थानमा कार्यक्रम भएको थियो । लिसंखुपाखरको ठुलोपाखरमा भएको कार्यक्रममा कांग्रेस महाधिवेशन प्रतिनिधि एवं राष्ट्रिय सभाका प्रत्यासी हरिशरण श्रेष्ठ लगायत नेताहरूले सम्बोधन गरेका थिए ।

Image may contain: 4 people, people standing

लिसंखुपाखरकै अत्तरपुरमाभएको अर्को कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सचीव बिल बहादुर तामाङ लगायतले सम्बोधन गरेका थिए ।

Image may contain: 12 people, including Bishwa Lama, people standing and outdoor

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार