देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिन्धुपाल्चोकको इन्द्रावती-१० मा प्लम्बिङ तालिम सम्पन्न

0

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१० भोटसिपामा प्लम्बिङ तालिम सम्पन्न भएको छ ।इन्द्रावती-१०को आयोजना तथा ओल्गापुरी सोसल इन्टरप्राइजेज र आइटिपिएफको सहयोगमा ३९० घण्टा चलेको उक्त तालिममा १६ जनाले तालिम प्राप्त गरेका छन् ।

तालिम समापनको अवसरमा इन्द्रावती-१०ले एक कार्यक्रम आयोजनागरी तालिम प्राप्त प्लम्बरहरुलाई प्रमाणपत्रसहित बिदाई गरेको छ । इन्द्रावती-१० का वडाध्यक्ष जिवनकुमार थापामगरको सभापतित्व तथा इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सहयोगी संस्थाका तर्फबाट आइटिपिएफ कम्पनिका प्रोपाइटर बिनित अग्रवालको उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङले आफुले सिकेको सिपलाई प्रयोगमा ल्याउन तालिमकर्मिहरुलाई अनुरोध गरे । आफुसँग भएको क्षमता दक्षताको सदुपयोग गर्दै समुन्नत समाज निर्माणमा योगदान गर्न आग्रह गर्दै अध्यक्ष तामाङले त्यसकालागी आवश्यकपर्ने सहयोग गर्न गाउँपालिका सधैं तयार रहेको बताए । त्यस्तै सहयोगी संस्थाका तर्फबाट आइटिपिएफ कम्पनिका प्रोपाइटर युवा उद्यमि बिनित अग्रवालले सिपको सदुपयोग गरेको खण्डमा यस्ता कार्यहरुलाई प्रोत्साहन गर्न कम्पनी तयार रहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस सिन्धुपाल्चोकका युवा नेता सुदर्शन आचार्य इन्द्रावती गाउँ कार्यपालिका सदस्य मन कुमारी तामाङ इन्द्रावती-१० कांग्रेस इकाइ सभापती बुद्धि भट्टराई स्थानिय अगुवाहरु निइन्द्र आचार्य बिनोद थापा केशर बहादुर घिमिरे अस्मिता नेपाल रिश्व गोर्खाली लगायतको उपस्थिती रहेको स्थानिय समाजसेवी कुबेर भट्टराईले जानकारी दिए ।

No description available.

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार