देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिन्धुपाल्चोकको चौतारा अस्पताल नेपालकै उत्कृष्ट अस्पताल बन्न सफल

0

काठमाडौं – सिन्धुपाल्चोकको सदरमुकाममा रहेको चौतारा अस्पताल गुणस्तर सुधारका लागि न्यूनतम मापदण्डमा ९२ अंक प्राप्त गरि नेपालकै उकृष्ट हुन सफल भएको छ ।

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयले अस्पतालको अनुगमन पश्चात ९२ अंक दिए संगै नेपालकै प्रथम हुन सफल भएको हो ।

अनुगमन पछि फलोअप समिक्षामा बिभिन्न सुचाङ्कको आधारमा अनुगमन गरिएको र १०० अंक ल्याउन ८ अंक नपुग्नुका कारणहरु बारेमा समेत समिक्षा गरिएको थियो ।

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयबाट २०८० फागुन १ र २ गते भएको न्यूनतम सेवा मापदण्ड अनुगमनमा चौतारा अस्पताल सिन्धुपाल्चोकले ९२% प्राप्त गरी नेपालकै १५ बेड अस्पताल समूह अन्तर्गत प्रथम भएको हो ।

निर्देशनालयका न्यूनतम सेवा मापदण्ड अनुगमन टोली प्रमुख बरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट नविन दर्नाल सहितको ५ सदस्यीय टोलीले अनुगमन गर्दा अस्पतालको सेवामा जम्मा १०० प्रतिशत मध्ये ९२ प्रतिशत ल्याइ नेपालमै १५ शैया क्याटेगोरीमा प्रथम भएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष टंकबहादुर कार्कीले बताए ।

अध्यक्ष कार्कीले विज्ञमार्फत दिएको निर्देशन तथा सुझाव अस्पतालको नियमित सेवासँग सम्बन्धित भएकाले त्यसको पनि सुधार गरेर अर्को वर्ष शतप्रतिशत हासिल गर्ने लक्ष्य लिइ अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए ।

अस्पताललाई यो अवस्थामा ल्याउन अस्पतालमा कार्यरत कार्यालय सहयोगी देखि सम्पूर्ण स्वास्थ्यकर्मी कर्मचारीहरूको ठुलो भूमिका रहेको भन्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. गगन अधिकारीले सहयोगी सबैलाई धन्यवाद दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार