देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिन्धुपाल्चोकको बलेफी गाउँपालीकाले भुकम्प पिडीतलाई पाँचलाख दिने

0
<p>गंगा बहादुर तामाङ &#8211; अध्यक्ष</p>

गंगा बहादुर तामाङ – अध्यक्ष

काठमाडौं – सिन्धुपाल्चोकको बलेफी गाउँपालीकाले जाजरकोट र रुकुमका भुकम्प पिडीतलाई पाँचलाख सहयोग गर्ने भएको छ ।

भुकम्प पिडीतको घाउमा मल्हम लगाउने उद्देश्यले सहयोग गरिएको बलेफी गाउँपालीका अध्यक्ष गंगा बहादुर तामाङ ‘प्रवेश’ले जानकारी दिए । उनका अनुसार उक्त रकम प्रधानमन्त्री राहतकोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

यसअघीनै सिन्धुपाल्चोकका ३ वटा स्थानिय तहले भूकम्प पिडितलाई ३५ लाख रुपैया सहयोग गर्ने निर्णय गरेका छन ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले १५ लाख रुपैया , भोटेकोशी गाउँपालिकाले १० लाख रुपैया र त्रिपुरासुन्दरी गाउँपालिकाले १० लाख रुपैया गरि जम्मा ३५ लाख रुपैया सहयोग गर्ने निर्णय गरेका हुन ।

त्यसैगरी जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले पालिकाबाट तीन लाख, आफ्नो एक महिनाको तलब र अमेरिकामा रहेकी छोरी कुसुमको तर्फबाट ५० हजार गरी चार लाख सहयोगको घोषणा गरेका छन्।

यसैगरी, पूर्वअरनिको समितिले प्रभावित क्षेत्रका पीडितलाई आवतजावत गर्न ६ वटा बस निःशुल्क उपलब्ध गराउने भएको छ। सिन्धु सदावहार अस्पताल खाडीचौरमा कार्यरत डाक्टर देवेन्द्र गौतमले ५० हजारबराबरको स्वास्थ्य सामग्री दिने घोषणा गरेका छन्।

शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पमा परि अहिलेसम्म १४३ जनाको मृत्यु भइसकेको छ भने १६० भन्दा बढी घाइते भएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार