देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्याँस सिलिन्डर पड्किँदा ३ बालबालिकाको मृत्यु

0

काठमाडौं – सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्याँस सिलिन्डर पड्किँदा ३ जना बालबालिकाको ज्यान गएको छ ।

आइतबार बाह्रबिसे नगरपालिका–८ स्थित मानेस्वाँरामा ग्यास सिलिन्डर विष्फोट हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

मृत्यु हुनेहरुमा १० वर्षीय इशाक तामाङ, ६ वर्षीय सरगम तामाङ र साढे २ वर्षीया दिव्या तामाङ रहेकी छिन् । प्रहरीका अनुसार ग्याँस लिक हुँदा दुर्घटना भएको हो ।

घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरिले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार