देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकामा काँग्रेस विजयी

0

काठमाडौं – सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकामा नेपाली कांग्रेसले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबै जितेको छ।

स्थानियतहको निर्वाचनमा भोटेकोशी गाउँपालिका अध्यक्षमा पासाङनुर्बु शेर्पा र उपाध्यक्षमा दिछेन शेर्पा निर्वाचित भएका छन्।

नवनिर्वाचित अध्यक्ष पासाङनुर्बुले  २ हजार ६ सय ५ मत पाए। उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार अमृतकुमार खड्काले २ हजार ४८  मत मात्र ल्याए। त्यस्तै उपाध्यक्ष निर्वाचित दिछेनले २ हजार ७ सय १२ मत ल्याइन्। उनकी मुख्य प्रतिस्पर्धी एमाले उम्मेदवार सुन्तलीमाया श्रेष्ठले २ हजार ५ सय ५३ भोट पाइन्।

माओवादी उम्मेदवार राजकुमार पौडेल र उपाध्यक्ष उम्मेदवार आशा गुरुङ शेर्पा तेस्रो भए। पौडेलले १ हजार ९ सय १८ र शेर्पाले १ हजार ६ सय १२ मत पाए। पौडेल निवर्तमान गाउँपालिका अध्यक्ष हुन्। व्यवसायिक पृष्ठभूमिका पौडेलले २०७४ को स्थानीय चुनावमा माओवादीबाट अध्यक्ष निर्वाचित भएका थिए।

कांग्रेसको आधार इलाका भत्काएर उनी त्यतिबेला चर्चित बनेका थिए। यो पटक कांग्रेस आधार इलाकाबाट गुमेको साख फर्काउन सफल भयो।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार