देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा एमाले र माओवादी बीच तालमेल

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं- स्थानीय तहको निर्वाचन अन्तर्गत सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच तालमेलको सहमति भएको छ।

दुवै पार्टीको वार्ता टोलीबीच बिहीबार भएको सहमति अनुसार एकल उम्मेदवारी दिएका पार्टीले अब संयुक्त उम्मेदवार खडा गर्ने भएका हुन्।

नेकपा एमालेले गाउँपालिकामा अध्यक्ष र नेकपा माओवादी केन्द्रले उपाध्यक्षमा साझा उम्मेदवार बनाउने सहमति भएको हो।

नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा उम्मेदवारी दिएकी कृष्णकुमारी कुँवरले उम्मेदवारी फिर्ता लिएर नेकपा एमालेका उम्मेदवार टपिन्द्र तिमल्सिनालाई साझा उम्मेदवार बनाउने सहमति दुई दलबीच भएको हो।

त्यस्तै नेकपा एमालेको तर्फबाट उपाध्यक्षको उम्मेदवारी दिएकी मञ्जु नेपाल भण्डारीलाई उम्मेदवारी फिर्ता गर्न लगाएर नेकपा माओवादी केन्द्रकी दुर्गा थापालाई साझा उम्मेदवार बनाइने सहमति भएको छ।

शुक्रबार साँझ दुवै पार्टीका तर्फबाट संयुक्त पत्रकार सम्मेलन गर्ने तयारी भएको छ। उनीहरुले संयुक्त घोषणापत्र तयार गरेर प्रचार प्रसार गर्ने र पार्टीका दुवै कमिटीबाट संयुक्त संयन्त्र निर्माण गर्ने पनि सहमति भएको छ।

सुनकोशी गाउँपालिकामा नेपाली कांग्रेसबाट यसअघि निर्वाचित गाउँपालिका अध्यक्ष श्रवण जिसी यसपटक पनि उम्मेदवार छन्।

सत्ता गठबन्धनका दलका शिर्ष नेताहरुले भने स्थानिय तहमा विपक्षिसँग तालमेल गर्न नहुने निर्णय यस अघिनै गरिसकेका छन् ।

No description available.

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार