देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिन्धुपाल्चोकको हेलम्बुमा काँग्रेसको वर्चस्व

0

सिन्धुपाल्चोक – बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका निमा ग्याल्जेन शेर्पा विजयि भएका छन् । नेकपा एमालेका उम्मेदवार दावा लामा ह्योल्मोलाई ७८२ मतान्तरले पछि पार्दै शेर्पाले जित हात पारेका हुन् ।

काँग्रेसका निमा ग्याल्जेन शेर्पाले ५ हजार ३ सय ८६ मत प्राप्त गरेका थिए भने एमालेका दावा लामाले ४ हजार ६ सय ४ मत प्राप्त गरे ।

त्यसैगरी हेलम्बु गाउँपालिकाको उपाध्यक्षमा नेपाली काँग्रेसकै अप्सरा लामिछानेले बाजी मारेकी छिन् । उनले नेकपा एमालेका उम्मेदवार गंगा अर्याल खड्कालाई ७४३ मतान्तरले पछी पार्दै जित हाशिल गरेकी हुन् ।

लामिछानेले ५ हजार २ सय १४ मत प्राप् गरेकी थिइन भने खड्काले ४ हजार ६ सय ७१ मत प्राप्त गरिन् ।

जम्मा ७ वटा वडा रहेको हेलम्बुमा नेपाली काँग्रेसले १, २, ४, ५ र ७ गरि ५ वटा वडा जितेको छ भने एमालेले ३ र ६ दुई वटा वडामा जित हात पारेको छ ।

दोस्रो कार्यकालको जित हातपारे लगत्तै मध्यबिन्दुसँग संक्षिप्त कुराकानी गर्दै नव निर्वाचित अध्यक्ष शेर्पाले भने “मेरो विगतको कामको मुल्याङ्कन गर्दै मलाई दोस्रो कार्यकालकोलागी विजयी गराउनुहुने सम्पुर्ण हेलम्बुबासी आमा बुबा दाजुभाई तथा दिदिबहिनिहरुमा हार्दिक कृतज्ञता प्रकट गर्दै हजुरहरुको म प्रतिको विश्वाश डगमगाउन नदिने प्रतिवद्धता जाहेर गर्दछु ।”

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार