देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

हेलम्बुमा २८ जनाको आरडिटी परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ, स्थानीय हर्षित

0

(सिन्धुपाल्चोक) –  हेलम्बु गाउँपालिकाले प्रथमचरणमा गरेको आरडीटी परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । गाउँपालिकाको वडा नम्बर ५ को सर्बोदय मा.वि. मा १८ र गाउँपालिकाकाे स्वास्थ्य कार्यालय किउलमा १० जनाको आरडीटी परीक्षण गरिएकोमा  सबै २८ जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले मध्यबिन्दु अनलाइन लाई  दिए ।

२८ जना  मध्ये २२ जना बिदेश बाट आएका र ६ जना क्वारेन्टाइनमा बसेकाको शुक्रबार आरडीटी परीक्षण गरिएको हो । अध्यक्ष शेर्पाका अनुसार आज परीक्षण गरिएका २८ जना सबैको रिपोर्ट नेगेटिभ आएको र अब विदेशबाट आएका बाँकी १ जनाको आरडीटी परीक्षण अन्यत्र पठाएर तुरुन्तै गर्ने तयारी गरिएको छ ।

परिक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएपछि स्थानीय हर्षित भएका छन् । स्थानीय अगुवा रमेश भण्डारी भन्छन् ” आज परिक्षण गरिएका सबै (२८) जनाकै रिपोर्ट नेगेटिभ आएपछि स्थानीयहरु अझै ढुक्क भएका छन् ।”

 

हेलम्बुमा क्वारेन्टाइनमा रहेका ६ जना काठमाडौमा उपचारका लागि बिरामी लिएर गएका मानिसहरु थिए । काठमाडौंबाट फर्किएका उनीहरुलाई दुई हप्ता क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुको आरडीटी परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि आजै घर पठाइएको हेलम्बु गाउँपालिकाले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार