देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिन्धुपाल्चोकमा आगलागीबाट दुई घर जले

0

काठमाडौ- सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वार्ड नं ५  सिन्धुकोटमा आगलागी बाट दुई घर र एक गोठ जलेर पुर्ण रुपमा क्षती भएको  छ ।

आइतबार रातको ९ बजे सिन्धुकोट पौडेल गाउँ स्थित टिकादत्त पौडेलको घरमा आगलागी भएको मेलम्ची नगरपालिका वार्ड नं ५ का वडा अध्यक्ष सुदर्शन लुइँटेलले जानकारी दिए ।

उनका अनुसार पौडेलको २ घर र १ गोठमा आगलागी बाट घरगोठ पुणरुपमा क्षति भए पनि पशु चौपाया र मानबिय क्षती भने भएको छैन ।

अहिले स्थानीयको प्रयासबाट आगो नियन्त्रणमा आएको छ । उक्त आगलागिबाट करिब पन्ध्र लाख बराबरको क्षती भएको प्रारम्भिक अनुमान छ ।

द्वारा लेखिएको

भवनाथ आचार्य

सम्बन्धित समाचार