देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिन्धुपाल्चोकमा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ३०२ जनामा संक्रमण पुष्टि

0

सिन्धुपाल्चोक – जिल्लामा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ३ सय २ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै सिन्धुपाल्चोकमा नयाँ भेरियन्ट सहितको कोरोनाको दोस्रो लहरमा संक्रमित हुनेको संख्या १ हजार ११९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै चौतारा साँगाचोकगढी नगरपालिकामा मात्रै नगर प्रमुख, उपप्रमुख सहित परिक्षण गरिएको मध्ये आधा भन्दा बढि अर्थात १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टा भित्रमै यति धेरै संक्रमित थपिनु जिल्लामा कोरोनाको दोश्रो लहरमा कोरोना नियन्त्रण बाहिर गएको आँकलन गरिएको छ ।

पछिल्लो प्राप्त नतिजा अनुसार चौताराका १५६ सहित मेलम्ची नगरपालिकाका ८०,इन्द्रावती गाँउपालिकाका ७,जुगल गाँउपालिकाका ३,पाँचपोखरी थाङ्पाल गाँउपालिकाका १६, बलेफि गाँउपालिकाका १, बाह्रबिसे नगरपालिकाका २,भोटेकोशी गाँउपालिकाका ३, लिसंखुपाखर गाँउपालिकाका ६, सुनकोशी गाँउपालिकाका २, हेलम्बु गाँउपालिकाका १ र ठेगाना नखुलेका २५ जना गरी ३ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिए ।

कोरोनाको दोस्रो लहर शुरु भए यता सिन्धुपाल्चोकमा ९४ जनाले कोरोना जितेर घर फर्कीएकोमा ११ जनाले भने ज्यान गुमाएको अधिकृत चापागाईंले बताए । कोरोनाको पहिलो कहरकमा सिन्धुपाल्चोकमा १७ जनाले कोरोनाकै कारण ज्यान गुमाएका थिए । जिल्लामा दुवै लहरमा गरि कुल १ हजार ९ सय ८८ जनामा कोरोना देखिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार