देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिन्धुपाल्चोकमा एकैदिन थप ३ सय ४० जनामा संक्रमण पुष्टि

0

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा एकैदिन थप ३ सय ४० जनामा संक्रमण पुष्टि भएको छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा संक्रमित हुनेको संख्या २१ सय पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार संक्रमण पुष्टि हुनेमा चौतारा साँगाचोकगढीका ११४, सुनकोसीका ११८, इन्द्रावतीका १, हेलम्बुका ४, मेलम्चीका २७, लिसंखुपाखरका २४, बाह्रबिसेका ३१ र पाँचपोखरीका २१ जना छन् ।

अहिले जिल्लामा ४१ जना आइसोलेसनमा छन् । स्वास्थ कार्यालयले अक्सिजन दिनुपर्नेलाई मात्रै जिललाका स्वास्थ्य संस्थाका आइसोलेसनमा राख्ने भनेपछि जिल्लामा ४१ जना आइसोलेसनमा छन् । बाँकी १६ सय ५१ जना होम आइसोलेसनमा छन् ।

जिल्ला भित्र मात्रै १४ सय ८७ जना होम आइसोलेसनमा छन हालसम्म जिल्लामा १६ जनाले कोरोनाको दोस्रो लहरबाट ज्यान गुमाएक छन् । हालसम्म जिल्लमा ३ सय १० जनाले कोरोना जितेका छन् ।

सिन्धुपाल्चोकमा २१ सयमा संक्रमण पुष्टि भएको छ । १६ ले कोरोनाको दोस्रो लहरमा ज्यान गुमाइसकेका छन् । जिल्लामा अहिलेसम्म एउटा पनि आइसीयु र भेन्टिलेटर छैन । जसका कारण धेरैले कोरोनालाई जित्न सकेका छैनन् । मृत्यु भएका अधिकांश जिल्लामा आइसीयु र भेन्टिलेटर नहुँदा उपचार पाउँन नसकेर मृत्युवरण गर्न बाध्य छन् ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार