देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिन्धुपाल्चोकमा जन्ती सबार बसदुर्घटना, चालकको मृत्यु, ८ जना घाइते

0
<p>सांकेतिक तस्विर</p>

सांकेतिक तस्विर

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा गएराति जन्ती सबार बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा अन्य ८ जना घाइते भएका प्रहरीले जनाएको छ।

बलेफी गाउँपालिका–४ बिञ्जेलमा जन्ती सबार बा २ ख ५६१४ नम्बरको बस दुर्घटनामा परेको हो।

दुर्घटनामा सोही बसका चालक बलेफी–६ का राजु तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका ८ जनाको सिन्धुपाल्चोकको खाडिचौरस्थित सिन्धु सदाबहार अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ।

बलेफी- ५ का सन्तोष भूजेलको बिहेको जन्ती लिएर बस काभ्रेको भुम्लु जाँदै गरेको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार