देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिन्धुपाल्चोकमा ढुंगाले थिचेर स्काभेटर चालकको मृत्यु

0

सिन्धुपाल्चोक – मेलम्ची नगरपालिका–३ हैबुङमा ढुंगाले थिचेर एक जनाको मृत्यु भएको छ। बर्दिया घर भएका अन्दाजी ४० वर्षीय शेरबहादुर श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।

शनिबार दिउँसो ३ बजे हैबुङ पाटीभञ्याङ सडक स्तरोन्नति गर्ने क्रममा माथिबाट आएको ढुंगाले थिचेर स्काभेटर चालकको मृत्यु भएको मेलम्ची नगरपालिका–३ हैबुङका वडा अध्यक्ष बसन्त गुरुङले जानकारी दिए।

अध्यक्ष गुरुङका अनुसार मृतकको शवलाई पोष्टमार्टमकालागी नगर अस्पताल मेलम्चि पठाइएको छ भने घटनाबारे प्रहरिले आवश्यक अनुसन्धान गरिरहेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार